दफा
समूह तथा उप–समूहहरू
(१) निजामती सेवामा दफा ३ बमोजिमका सेवाहरु रहने छन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्राङ्कित विशिष्ट श्रेणी सम्म नै सेवा विशिष्टीकरण गर्ने प्रयोजनको लागि दोय बमोजिमका सेवाको समूहीकरण (क्लष्टर) गरिएको छ -–
(क) नेपाल इन्जिनियरिङ्ग सेवा,
(ख) नेपाल कृषि तथा वन सेवा,
(ग) नेपाल न्याय सेवा,
(घ) नेपाल परराष्ट्र सेवा,
(ङ) नेपाल प्रशासन सेवा, र
(च) नेपाल लेखापरीक्षण सेवा ।
(३) उदफा (२) बमोजिमका सेवामा रहने राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरु तोकिए बमोजिम हुनेछन्।
(४) दफा ३ बमोजिम गठित सेवामा तोकिए बमोजिमका विभिन्न समूह तथा उपसमूहहरु रहने छन्।(५) दफा ३ बमोजिम गठित सेवाका समूह तथा उपसमूहहरुमा रहने विभिन्न पदहरुको लागि चाहिने न्यूनतम योग्यता तोकिए बमोजिम हुनेछ ।